काठमाडौँ – लकडाउनका कारण बन्द रहेको साझा यातायातले बिहीबारदेखि सेवा थालेको छ । कोरोना भाइरस (कोभिड– १९) को नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेकाले गत चैत्रदेखि ठप्प रहेको साझा यातायात करिब ४ महिनापछि सेवामा फर्किएको हो ।


ADVERTISEMENT


साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गरेको छ । सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गरिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


सञ्चालन गर्नुअघि बसलाई ‘सेनिटाइज’ गरिएको छ । बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गरिएको छ । उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ ।

गत असार २३ गते बसेको मन्त्रीपरिषद्को बैठकले आधा यात्रु राख्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । साथै बैठकले आधा मात्रै यात्रु हुने भएकाले ५० प्रतिशत भाढा बढाउन पाउने निर्णय गरेको थियो ।

तस्बिर : रासस