रौतहट- लगातारको वर्षा पछि वागमति र लालबकैया नदीको बाढीले रौतहटमा बाँध कटान सुरु गरेको छ । यसले बस्ती डुबानमा पर्ने भन्दै स्थानीय त्रासमा छन् । कटान गरेको क्षेत्रमा आईतबार राती अबेर सम्म सशस्त्र, नेपाली सेना र नेपाल प्रहरीले स्थानियको समेत सहयोगमा बोरा राखेर रोकथामको प्रयास भएको थियो ।


ADVERTISEMENT


बर्षाको बेला यी दुबै नदीले डुबान कटान गर्दा रौतहटका बिभिन्न गाउँ उच्च जोखिममा पर्ने गरेका छन् । सशस्त्र प्रहरी प्रदेश २ का डिआईजी राजु अर्यालले बौधीमाई र परोहा नगरपालीकाको तेजापाकड क्षेत्रमा लालबकैया नदीले करिब सय मिटर बाँध कटान गरेको बताउनुभयो ।
कटान गरेको क्षेत्रमा तिनवटै सुरक्षा निकाय पुगेर रोकथामको प्रयास सुरु गरेका छन् ।