काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि थप ४५ हजार जनाको नमूना परीक्षण लिने भएको छ ।


ADVERTISEMENT


कतै यात्रा नगरेका व्यक्तिमा पनि कोरोना देखिन थालेपछि परीक्षणलाई व्यापक बनाउन देशभरका ४५ हजारको नमूना संकलन गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


असारको २५ गतेबाट ४५ हजारको नमूना परीक्षण गर्ने र त्यसमध्ये ५ हजार काठमाडौँ उपत्यकाबाट गरिने निर्देशक पाण्डे बताए । उनका अनुसार काठमाडौँमा खासगरी सेवा दिने स्थानहरुः बैँक, मालपोत कार्यालय वा कर कार्यालयहरु, अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको नमूना लिइने बताए । उनले अहिलेसम्म यी स्थानहरुमा ५०५ जनाको नमूना लिइसकेको र उनीहहरुमा कुनै संक्रमण नदेखिएपनि परीक्षणलाई व्यापक बनाउने उल्लेख गरे ।

नमूना संकलन कम गरिएका कारण कोरोना संक्रमित पनि कम देखिन थाले भन्ने भनाई प्रति असहमती जनाउँदै उनले निर्देशिका अनुसार नै चरणवद्ध रुपमा नमूना संकलन गरिने बताए । ‘पहिले क्वारेन्टिनमा रहेको संख्या धेरै रहेकाले पहिलो चरणमा हामीले क्वारेन्टिनमा रहेका व्यक्तिको मात्रै नमूना परीक्षण गर्‍यौँ । अहिले क्वारेन्टिनमा रहेकाको संख्या घटेर २४ हजार मात्रै छ । उहाँहरुको साधारण तया ५ देखि १० दिन नपुगेकाले नमूना संकलन भएको छैन ।’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ र अन्य ठाउँबाट प्राप्त हुने नमूनाका पनि परीक्षण भयो ।’

अब विदेशबाट उद्दार गरेर ल्याइएका सबैको नमूना परीक्षण गरिने छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएको ३ दिनभित्र भाइरस देखा पर्ने भए पनि अन्य नाका (भारतबाट)बाट धेरै दिन हिंडेर आउने भएकाले उनीहरुको भने तत्काल परीक्षण गर्ने निर्देशक पाण्डेले बताए । यस्तै जोखिमपूर्ण मानिएका १० जिल्लाका संक्रममित भेटिने स्थानमा पनि नमूना परीक्षण व्यापक बनाइने छ । यसले कोरोना समूदायमा छ कि छैन भन्ने यकिन हुने निर्देशक पाण्डेको भनाई छ ।

समुदायमा कोरोनाको फैलावट थाहा पाउनका लागि महाशाखाले अघिल्लो शनिबारदेखि १६२१ जनाको नमूना संकलन गरेको थियो । त्यसमा ३ जना मात्रै संक्रमित पाइएका छन् । यो ०.१८ प्रतिशत मात्रै भएको निर्देशक पाण्डले बताए ।