काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । । हाल सक्रिय संक्रमितको संख्या ८ हजार १७४ रहेको छ ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ३८ जनाको मृत्यु भएको छ । हालसम्म ८५८९ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार यो कुल संक्रमितको ५१.१ प्रतिशत रहेको हो ।

पछिल्लो २४ घण्टामा १४७ जना डिस्चार्ज भएका छन् ।