काठमाडौं – महानगरीय प्रहरी वृत्त बालाजुका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा कोरोना संक्रमण देखिएपछि मुद्दा शाखा सिल गरिएको छ । उनी वृत्तको मुद्दा शाखामा कार्यरत थिए ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार संक्रमित इन्स्पेक्टर काठमाडौंमा विदेशबाट आएका नेपाली राख्‍ने होल्डिङ सेन्टरमा ड्युटीमा कार्यरत एक प्रहरी असईको सम्पर्कमा थिए । ती असई पनि वृत्त बालाजुको मुद्दा शाखामै कार्यरत थिए । केही दिनअघि ती असईमा पनि कोरोना संक्रमण देखिएको थियो ।


ADVERTISEMENT

# # #


एसएसपी ज्ञवालीका अनुसार संक्रमण देखिएको इन्स्पेक्टरलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा राखिएको छ ।