काठमाडौं- अमेरिकाको क्यालिफोर्निया राज्यले विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका करीब ८ हजार कैदी बन्दीहरुलाई रिहा गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको र जेलमा रहेका कैदीबन्दी समेत त्यसको उच्च जोखिममा रहेको भन्दै उनीहरुलाई मुद्दाको प्रकार हेरेर रिहा गर्न लागिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।


ADVERTISEMENT


यसलाई अहिलेसम्मकै ठूलो कदम हुने विश्लेषण गरिएको छ । उनीहरुलाई आगामी अगष्टको अन्त्यसम्ममा क्रमश: रिहा गर्दै जाने बताइएको छ । संक्रमण कम गर्न सामाजिक दुरी र क्वारेन्टिनको व्यवस्था गर्न कठिन हुँदै गएपनि राज्य सरकारले पछिल्लो निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #