सप्तरी — निरन्तरको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोसीको मध्य भागमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा गाउँसँग सम्पर्क विच्छेद भएको छ । चारैतिरबाट कोसी नदीले घेरिएको टापु भनेर चिनिने बाढी पसेपछि जलमग्न भएको छ।


ADVERTISEMENT


नुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहका अनुसार गोबरगाढामा ८० घरधुरीमा करिब २ सय जना छन् । चारैतिरबाट कोसी नदीको बाढीले घेरिएपछि सर्वसाधारण संकटमा परेको साहले बताए ।


ADVERTISEMENT

# # #


शुक्रबार रातिदेखि घरघरमा दुई फिटसम्म पानी पसेको र बस्तीको चारैतिर कोसी नदीको बाढीले घेरिएका कारण निस्कन सक्ने अवस्था नरहेको साहले बताए । घर–घरमा पानी पसेपछि गोबरगाढाको जनजीवन निकै नै प्रभावित भएको साहले जनाए ।