काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द भएका सार्वजनिक सवारी साधन पनि अब खुल्ने भएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिरिषद्को बैठकले एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने गरी सार्वजनिक सवारी साधानलाई चल्न दिने निर्णय गरेको हो । यद्दपी काठमाडौँ उपत्यकामा भने यो नियम लागू हुने छैन । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक सवारीलाई प्रवेश पाइनेछ ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीमा यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न सकिने जानकारी दिए ।

पालना गर्नुपर्नेछ यी नियम

सम्बन्धित जिल्लामा मात्रै सञ्चालन र सिटको आधा संख्या राख्नुपर्ने चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ ।

साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ ।

लामो दूरीका सवारी भने चलाउन पाइने छैनन् ।

ट्याक्सी पनि चल्ने

सरकारले सार्वजनिक सवारीका साथै ट्याक्सी पनि चल्न दिने निर्णय गरेको छ । तर, काठमाडौँ उपत्यकाको हकमा काठमाडौँ उपत्यकाभित्र र काठमाडौँ बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै चलाउन पाइनेछ ।

ट्याक्सीमा चालकबाहेक बढीमा २ जनासम्म र एउटै परिवारको भए ५ वर्षमूनिका बालबालिका समेत राख्न पाइनेछ ।

५० प्रतिशत भाडा बढ्यो

सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ ।

सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले यो व्यवस्था लागू रहँदासम्मका लागि मात्रै सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले बताए । तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन ।