काठमाडौँ – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् ।


ADVERTISEMENT


सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र चौरजहारी नगरपालिका पश्चिम रुकुम पीसीआर परीक्षण प्रयोगशाला पश्चिम रुकुममा भएको परीक्षणबाट थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ संक्रमण भेटिनेहरुमा सुर्खेतका ५जना, पश्चिम रुकुमका ४ जना, दैलेखका १ जना र जाजरकोटका १ जना रहेका छन् ।

जसमध्ये सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर ३, ७ र १२ का ४ जना पुरुष र १ जना महिला, दैलेखको दुल्लु नगरपालिका–५ का एक महिलामा कोरोना पोजेटिभ पाइएको छ । यस्तै चौरजहारीमा गरिएको परीक्षणमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ९ का ३ जना पुरुष र वडा नं. ५ मन १ जना पुरुषमा कोराना पाइएको छ । यस्तै जाजरकोटको भेरी नगरपालिकाका १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १५६१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा ३० जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १३२१ पुगेको छ । २३४ जना आइसोलेनमा छन् भने ६ जनाको मृत्यु भएको छ ।