काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङको मिसिखोला गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भएका २९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा रहेका ती पुरुषको असार २१ गते (हिजो) मृत्यु भएको हो । उनी भारतबाट क्षयरोगको उपचार गरेर नेपाल फर्किएका थिए ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १५९६४ रहेको छ । आज मात्रै १८० जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये ६८११ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २६४ जना उपचार पछि निको भएका छन् ।