काठमाडौं – कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका १८ हजार १ सय ९७ नेपाली नागरिकलाई स्वदेश फर्काइएको छ । शनिवार बेलुकासम्म २१ वटा मुलुकबाट यी नागरिकको उद्धार गरी नेपाल ल्याइएको कोरोना नियन्त्रण रोकथाम तथा व्यवस्थापन समितिले जनाएको छ ।


ADVERTISEMENT


 

शनिबार मात्र विभिन्न ६ वटा मुलुक गरेर ९ सय भन्दा बढी नेपाली कामदारलाई काठमाडौं ल्याइएको छ । विदेशबाट आएका सबैलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापनमा गरिएको ’होल्डिङ सेन्टर’मार्फत सम्बन्धित प्रदेश पठाइएको छ ।


ADVERTISEMENT

# # #


 

सरकारले अहिलेसम्म कुवेतबाट सबैभन्दा बढी तीन हजार ८ सय ३९ नेपाली नागरिकको उद्धार गरेको छ । युएईबाट तीन हजार १ सय ९२ र साउदी अरबबाट दुई हजार ५ सय ४९ जनालाई ल्याइएको हो । विदेशबाट ल्याइएका नेपाली कामदार वाग्मती प्रदेशका सबैभन्दा बढी अर्थात पाँच हजार ८ सय ८० छन् ।

 

त्यस्तै प्रदेश १ का तीन हजार पाँच सय तीन, प्रदेश ५ का दुई हजार ८ सय ९१, प्रदेश २ का दुई हजार ८ सय १५, गण्डकी प्रदेशका दुई हजार २ सय ७८, सुदुर पश्चिमका ४ सय ४३ र कर्णाली प्रदेशका ३ सय ९५ रहेका छन् ।