गण्डकी प्रदेशमा शुक्रवार ४ जिल्लामा ३२ संक्रमित थपिएका छन् । यो सगै प्रदेशभर संक्रमितको संख्या एक हजार ६३ पुगेको छ ।


ADVERTISEMENT


नवलपुरको सुस्तापूर्वमा सबैभन्दा बढि १९ जनामा संक्रमण पुष्टि भएको छ त्यसैगरि तनहुमा ९ जना, पर्वतमा ३ जना र बाग्लुङमा १ जनामा पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


संक्रमित पुष्टि भएका ३२ जना मध्ये ४ जना महिला रहेका छन् भने अन्य सबै पुरुष रहेको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।


प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ