मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म राष्ट्रपति पदमा बहाल रहन पाउने बाटो खुलेको छ । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो ।


ADVERTISEMENT


पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा सकिँदै छ । तर जनमतसंग्रहमा बहुमत ल्याएसँगै उनी थप दुई कार्यकालका लागि राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् ।


ADVERTISEMENT

# # #


रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा ७७ दशमलव ९२ प्रतिशत मत प्राप्त भएको जनाएको छ । आयोगका अनुसार कुल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए ।

रुसी राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमतसंग्रह आह्वान गरेका थिए । जसमा राष्ट्रपतिको कार्यकालसहित अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरू समावेश गरिएको छ ।