काठमाडौं – गरिमा विकास बैंकले यात्रुबाहक सवारी साधनका लागि ऋण लिएकाहरुको एक महिनाको पुरै ब्याज छुट दिएको छ।


ADVERTISEMENT


लकडाउनका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्र मारमा परेपछि राष्ट्र बैंकले कम्तिमा दुई प्रतिशत ब्याज छुट दिन भनिरहेका बेला बैंकले थप असार महिनाको ब्याज छुट दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकले यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधनहरु बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत खरिदका लागि प्रवाह गरेको ‘हायर पर्चेज’ शीर्षकका कर्जामा एक महिनाको ब्याज राहत स्वरुप छुट दिएको हो । सम्बन्धित सेवाग्राहीहरुले असार मसान्तभित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।

राष्ट्र बैंकले वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले छुट दिन भनेको छ । गरिमाले दुई प्रतिशतका अलावा एक महिनाको ब्याज छुट दिएको प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द प्रसाद ढकालले बताए । सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको यस छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भएपनि राहतको महशुस हुने विश्वास उनले व्यक्त गरे ।