काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको भएर पछिल्लो २४ घण्टायता १ हजार ४६२ जना डिस्चार्ज भएका छन् । नेपालमा एकैदिन कोरोना जित्नेको आजसम्मकै उच्च संख्या हो ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज डिस्चार्ज हुनेममध्ये १ हजार जनाको विवरण आउन बाँकी छ ।


ADVERTISEMENT

# # #


यसरी आजसम्म नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ४६५६ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार ८६ रहेको छ । आज मात्रै ४८२ जना संक्रमित थपिएका छन् ।