काठमाडौँ– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


महाशाखाबाट खटिएको टोलीले गए राति २ बजे क्षेत्रपाटीबाट पक्राउ गरेको हो । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले बा १७ च ६४२७ नंको पार्किङ गरेर राखिएको गाडीबाट पक्राउ गरिएको जानकारी दिए।


ADVERTISEMENT

# # #


महाशाखाले गाडीसहित मनोज अधिकारीलाई पक्राउ गरेको छ । यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो ।  उनले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।