काठमाडौँ – शनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो ।


ADVERTISEMENT


जनकपुरका भानु, विद्यापति, विश्वकर्मा, कदमचोक, मिल्स एरिया, प्रादेशिक अस्पताल सडक,अस्पताल परिसरका सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ ।


ADVERTISEMENT

# # #


एकीकृत सहरी विकास परियोजनाको ऋण सहयोगमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको जनकपुर अञ्चल अस्पतालको नवनिर्मित भवनको आकस्मिक कक्षमा समेत पानी पसेको छ ।

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाअन्तर्गत नगरका सडकहरू बनाइए पनि ढल व्यवस्थापन नभएका कारण पानीको बहाव रोकिएर घरघरमा पानी पसेको छ । वर्षाको पानीले यातायात, वनलगायत कार्यालयको परिसरमा पानी जमेको छ भने जनकपुर–ढल्केवर निर्माणाधीन अवस्था रहेको ६ लेन सडकले गर्दा सडक हिलाम्य भएर यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ । रासस