काठमाडौँ – नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज रसुवामा पहिलो पटक कोरोना संक्रमित फेला परेसँगै मुलुकका ७७ वटै जिल्लामा कोरोना देखिएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रसुवाका ८ महिला र १ जना पुरुषमा कोरोना देखिएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १२ बजार नाघेको छ । आज मात्रै ५५४ जना संक्रमित थपिएका थिए ।