काठमाडौँ – कर्णाली प्रदेशका थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।


ADVERTISEMENT


सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतको पञ्चपूरीका ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये ३ वर्षी बालिका र १५ महिने बालकसहित ६ जना पुरुष रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४४० पुगेको छ । जसमध्ये ६ जनाको मृत्यु भएको छ ।

एकैदिन २१४ जनाले जिते कोरोना

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २१४ जनाले कोरोना जितेका छन् । जसमध्ये दैलेखको नौमुले आइशोलेसन सेन्टरबाट सर्वाधिक १३२ जना डिस्चार्ज भएका छन् । यस्तै दैलेखकै डुंगेश्वर आइशोलेसन सेन्टरबाट ६५ जना र दैलेख अस्पताल÷नारायण आइशोलेसन सेन्टर दैलेखबाट ९ जनाले कोरोना जितेका छन् ।

यस्तै अन्य ठाउँमा पनि कोरोना निको भएका छन् । हेर्नुहोस्, कहाँ कति निको भए ? :