काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्याङ्गजाको आँधीखोला १ का एक वर्षीय पुरुष र ललितपुर महालक्ष्मी नगरपालिका ५ का एक जना पुरुष गरी २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्याङ्गजाका मृतक मधुमेह तथा स्वास प्रश्वासमा कठिनाई भएपछि फेवासिटी अस्पताल पोखरामा भर्ना भएका थिए । कोरोना पोजेटिभ देखिएपछि असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएका थिए । उक्त अस्पतालमा उनको आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।


ADVERTISEMENT

# # #


उपचारका क्रममै उनको हिजा (बुधबार) राती ११ः३५ बजे मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै ललितपुरका मृतकको ५ महिना अघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । कोखो दुखेपछि पुनः स्वास्थ्य अस्पताल गएका उनमा ‘पस फर्मिसन’का कारण अस्पताल भर्ना हुनुपर्ने भएकाले नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई नर्भिकबाट ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो । उनको आजै बिहान ५ बजे उक्त अस्पतालको आइसीयूमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले जनाए ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ११ हजार पुगेको छ । जसमध्ये २६५० जनाको उपचारपछि निको भएको छ । आज मात्रै ४३४ जना नयाँ संक्रमित फेला परेका थिए ।

भिडियो हेर्नुहोस्: