एजेन्सी- ईङलीस प्रेमियर लिग फुटबलको पछिल्लो खेलमा ब्राईटन एण्ड होभ एल्बियन, वोल्भर हेम्प्टन र क्रिष्टल प्यालेस विजयी भएका छन् । लेष्टर सिटी भने वाटफोर्टसँग बराबरीमा रोकिएको छ ।  आर्सनललाई २–१ ले हराउँदै ब्राईटनले तालिकामा महत्वपुर्ण अंक थपेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।


ADVERTISEMENT


७५ औं मिनेटमा लेविस डुङकले गोल गर्दै ब्राईटनलाई बराबरीमा ल्याए । खेलको ईज्युरी समयमा निल माउपेले गोल गरेपछि ब्राईटन रोमाञ्चक जित निकाल्न सफल बन्यो । यो जितले ब्राईटनलाई रेलिगेशनको भयबाट मुक्त गराएको छ । ३० खेलबाट ३२ अंक जोडेको ब्राईटन तालिकाको १५ औं स्थानमा यथावत छ । हारसँगै आर्सनलको २ स्थान माथि चढ्ने मौका समेत गुमाएको छ ।


ADVERTISEMENT

# # #


वोल्भर हेम्प्टनले वेष्टहाम युनाईटेडलाई तथा क्रिष्टल प्यालेसले बर्नमाउथलाई समान २–० ले स्तब्ध पारे । जितसँगै वोल्भरहेम्प्टन ४६ अंकमा तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।  क्रिष्टल प्यालेसपनि ४२ अंकका साथ तालिकाको नवौं स्थानमा पुगेको छ ।

प्रेमियर लिग फुटबलमा आज तीन खेल हुनेछन् । आज शीर्ष स्थानको लिभरपुलले एभर्टनसंग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै चेल्सी र एष्टन भिल्ला तथा न्युक्यासल युनाईटेड र सेफिल्ड युनाईटेड पनि आमनेसामने हुनेछन् ।