काठमाडौँ – पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ४९ महिला र २८२ पुरुष छन् ।


ADVERTISEMENT


यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ८६०५ पुगेको छ । कूल सङ्क्रमितमध्ये ७५६ महिला र सात हजार ८४९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।


ADVERTISEMENT

# # #


पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।