पुर्वी नवलपरासी– पुर्वी नवलपरासीमा १७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाँईका अनुसार बिनयी त्रिवेणी गाउँपालिका, बुलिंटार गाउँपालिका , मध्यबिन्दु नगरपालिका र देबचुलीनगरपालिकामा गरेर १७ जना कोरोना संक्रमति थपिएका हुन् । यी समेत पुर्वी नवलपरासीमा कोरोना संक्रमतिको एक सय संख्या १७ पुगेको छ । उनीहरुलाई आज बिहान रजहर स्थित प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भैरहेको छ ।


ADVERTISEMENT


चिकित्सालयमा कोरोना संक्रमतिका लागि बनाइएको एक सय बेडको आइसोलेशन भरिएपछि अर्को नयाँ भवन पनि कोरोना संक्रमितलाई राख्न प्रयोग गरिएको छ । प्राकृतिक चिकित्सालयका निर्देशक डा बिनोद पौडेललका अनुसार एक सय सैयाको ब्यबस्थापनले अपुग हुने देखिएकाले तत्काल एक सय सैया थपिएको छ । चिकित्सालयमा ४ सय सैयाको ब्यबस्था छ ।


ADVERTISEMENT

# # #


प्राकृतिक चिकित्सा विधिवाट उपचार गरिने चिकित्सालयमा औषधि बिनै योग, ध्यान, खानपिन उपचार बिधिबाट बिरामीको हेरचाह गरिन्छ । त्यहाँ प्रयोगशाला छैन । कोरोना संक्रमतिलाई हरेक बिहान बेलुका योग अभ्यास गराइन्छ ।