पोखरा –  गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८ र पर्वतमा ३ गरी थप २१ जनामा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।


ADVERTISEMENT


संक्रमित सबै भारतबाट फर्किएका हुन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको प्रवक्ता शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #