काठमाडौँ – आइएमई लिमिटेडले ‘घरमै १ लाख जितौं’ उपहार कार्यक्रम योजना ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्केरै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि उक्त योजना ल्याएको आइएमईले जनाएको छ ।


ADVERTISEMENT


सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा संक्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

# # #


यस अन्तर्गत् गत ३१ गतेबाट सुरू गरिएको “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसै गरी हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिनेछ । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिनेछ ।