काठमाडौ– नेपाल यातायात व्यवस्था विभागले दशैँ तिहार लक्षित गर्दे भदौ २२ देखि टिकेट बुकिङ खुल्ला गरिने जनाएको छ ।


ADVERTISEMENT


विभागमा आज बसेको बैठकले भदौ २२ देखि दशै र तिहारको लागि टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको विभागका प्रवक्ता टोपराज पाण्डेले बताए । आज यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी महांसंघ, ट्राफिक प्रहरीसँग लगायत यातायात सम्बन्धी विभिन्न निकायसंग बैठक बसेको थियो ।


ADVERTISEMENT

# # #


यात्रुको सहजताको लागि उपत्यकाको १२ स्थानमा हेल्प डेक्स राखिने पनि प्रवक्ता पाण्डेले बताए । यस्तै टिकेट भाडा दरमा कुनै पनि घटबड नभएको पनि उनले जानकारी दिए।

त्यस्तै दशैंमा यात्रुबाहक बसमा यात्रा गर्ने यात्रुले २० किलोभन्दा बढी तौलको वस्तु बोक्न नपाउने भएको छन् । यातायात व्यवस्था विभाग र व्यवसायीको संयुक्त बैठकले आज यस्तो निर्णय गरेको हो ।

विभागका अनुसार २० किलोसम्म तौलको वस्तु बोक्दा त्यसको भाडा लाग्ने छैन । २० किलोभन्दा बढी तौलको वस्तु लैजानुपरे कुरियर वा मालवाहक सवारी वा अन्य व्यवस्थाबाट व्यवस्था गर्न विभागले सचेत गरेको छ ।

त्यस्तै, यात्रुवाहक सवारीले व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि सामान बोक्न नपाउने विभागले जनाएको छ ।