काठमाडौँ – भारतले पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माणका लागि ३.७२३ करोड नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


सोमबार एक कार्यक्रमका बीच भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी वा पहिले एसडिपीज) को रुपमा यस परियोजनालाई नेपाल–भारत मैत्रीः विकास साझेदारी अन्तर्गत अनुदान दिइने काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको मन्दिर परिसरको उक्त परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोष (पिएडिटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो । पशुपतिनाथ मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाई सुविधा निर्माण गर्न यस परियोजना अन्तर्गत भारतले ३.७२३ करोड आर्थिक सहयोग प्रदानगरेको हो ।

यो परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्नेछ । सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नका लागि महानगरपालिकाले टेन्डर प्रक्रियामार्फत उपयुक्त ठेकेदारको पहिचान गर्नेछ ।