काठमाडौं- सरकारले सवारी सञ्चालनमा आजबाट मुलुकभर जोरबिजोर प्रणाली लागु गरेको छ । निजी चारपाङग्रे सबारीसंगै २ पाङग्रे सबारी साधनमा पनि आजबाट यो नियम लागु भएको ट्राफिक प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठका अनुसार सवारी साधनमा भएको नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर र बिजोर छुट्याइएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला बाहेक अन्य जिल्लामा जिल्लाभर मात्र सबारी सञ्चालनको अनुमती दिईएको प्रबक्ता श्रेष्ठले बताए  ।


ADVERTISEMENT

# # #


जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने व्यवस्था भएकाले सोही अनुसार सवारी चलाउन अन्यथा कारवाही गरीने महाशाखाले अनुरोध गरेको छ । ढुवानी र अत्यावश्यक सेवाका सबारीमा भने यो नियम लागु नहुने महाशाखाले जनाएको छ ।