काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि आधुनिक पीसीआर मेसिन र आवश्यक कीटको खरिद गरी परीक्षणको दायरा व्यापक र प्रभावकारी बनाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक पीसीआर मेसिन, किट उपकरण र आवश्यक सामग्रीहरु खरीद गरी यथाशीघ्र आपूर्ती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको हो ।


ADVERTISEMENT

# # #


कोभिड–१९ विरुद्ध लड्न आवश्यक मेसिनरी, औषधि तथा अन्य स्वास्थ्य सामग्रीहरु विशेष परिस्थितिकै खरिद विधिबाट शीघ्र खरिद गर्ने निर्णय भएको पनि उनले जनाए ।

यस्तै देशभरका क्वारेन्टाइनमा आवश्यक सामग्री र तिनको अवस्थामा सुधार गरेर सञ्चालनमा ल्याउने, आइशोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाई कडाईका साथ पालना गराउने निर्णय पनि भएको उनले बताए । सरकारले प्रदेश र स्थानीय तहलाई सक्रिय र सक्षम बनाउँदै प्रभावकारी एवम् समन्वयात्मक ढंगले परिचालन गर्ने भएको छ ।