काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का कारण कुवेतमा अलपत्र परेका नेपाली महिलाहरु स्वदेश आइपुगेका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरुलाई कुवेत सरकारले उद्दार गर्दै आफ्नै जहाजमार्फत नेपाल ल्याई पुर्‍याएको हो ।


ADVERTISEMENT


रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार बिहीबार फर्केका उनीहरुलाई नेपाली सेनाले त्रिभुवन विमानस्थलबाटै होल्डिङ सेन्टरमा लिएको छ ।


ADVERTISEMENT

# # #


पहिलो उडान मार्फत बिहीबार बिहान उत्रेका १५० जना महिलालाई साझा यातायातमा राखेर नेपाली सेनाले व्यवस्था गरेको भक्तपुरस्थित होल्डिङ सेन्टरमा लिइएको छ । जहाँ उनीहरु आफ्नो सम्बन्धित प्रदेश र स्थानीय तहले सम्पर्क नगरेसम्म बस्नेछन् ।

त्यसपछि प्रक्रिया पुर्‍याएकर उनीहरुलाई सम्बन्धित स्थानीय तहले तयार पारेको क्वारेन्टिनमा राखिनेछ ।

सबै तस्बिर : रासस