काठमाडौं – कोरोना भाइरस संक्रमणको उत्कर्षमा पनि कुवेतमा केही नेपाली कामदार अवैध मदिरा उत्पादन र व्यापारमा लागेको पाइएको छ । कुवेतको अल–आदानमा त्यहाँको प्रहरीले छापा मारी चार नेपालीलाई पक्राउ गरेपछि अवैध मदिराको उत्पादन र व्यापार भइरहेको सार्वजनिक भएको हो ।


ADVERTISEMENT


 

पक्राउ परेका चार नेपालीमध्ये दुईजना महिला कामदार रहेका छन् । कुवेतको अनलाइन पोर्टल आइमानमाटका अनुसार नेपालीहरुले गोप्य रुपमा सञ्चालन गरेको मदिरा उत्पादन कारखानाबाट २ सय ७७ व्यारेल मदिरासहित मदिरा उत्पादनसँग सम्वन्धित सामग्री बरामद भएको जनाएको छ ।


ADVERTISEMENT

# # #


 

कुवेतमा घरेलु मदिरा उत्पादन र विक्री गर्ने कामलाई गैरकानूनी मानिएको छ । कुवेत प्रहरीले पटक–पटक अवैध मदिरा उत्पादन गर्ने नेपाली कामदारलाई पक्राउ गरी कानूनी कारबाही गरेपनि केही नेपालीहरुले अवैध मदिराको कारोवार गर्न नछोडेको देखिएको छ ।

 

अवैध मदिरा उत्पादन, वितरण र सेवनका कारण नेपालीहरुको सामाजिक प्रतिष्ठामा समेत आँच आइरहेको त्यहाँस्थित नेपाली संघसंस्थाहरुले गुनासो गर्दै आएका छन् ।