काठमाडौँ – नेपालमा एकैदिन ९६ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेर घर फर्किएका छन् । ८ जना महिला र ८८ जना पुरुष गरी ९६ जना कोरोना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जनकपुरस्थित कोरोना विशेष अस्पतालबाट ३० जना डिस्चार्ज भएका छन् । उनीहरु सबै धनुषाका २४ जना पुरुष र ६ जना महिला रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै कोभिड–१९ युनिफाइड अस्पताल बलम्बुबाट काठमाडौँकी एक महिला डिस्चार्ज भएकी छन् । यस्तै कोहलपुर आइशोलेसन सेन्टरबाट २२ जना पुरुष र राप्ती सोनारी आइशोलेसन सेन्टरबाट बाँकेका ७ जना पुरुष कोरोना जितेर घर फर्किएका छन् ।

यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका २८ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट बर्दियाका ४ जना पुरुष, जिल्ला अस्पताल दैलेखबाट दैलेखका एक जना महिला डिस्चार्ज भएकी छन् ।

नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । आजै थप ३२३ जना नयाँ संक्रमित फेला परेका छन् भने आज मात्रै चितवनका एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ  ।