काठमाडौँ – संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिनका लागि भएको छलफलमा पूरक प्रश्न राख्दै सांसद प्रम सुवालले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।


ADVERTISEMENT


उनले विद्युतीय गाडीमा अर्बौँ घोटाला गरेको दाबी गर्दै अर्थमन्त्री खतिवडाको राजीनामा माग गरे । रेल दुर्घटनामा भारतीय रेलमन्त्री लाल बहादुर शास्त्रीले राजीनामा दिएको र विदेशी बैँकमा डलर जम्मा गरेको कारण नेपालका अर्थमन्त्री रामशरण महतले राजीनामा दिएको बताउँदै उनले भने, ‘यो विद्युतीय गाडीमा अर्बौँ घोटाला भएको छ । अर्थमन्त्रीले राजीनामा दिनुपर्छ । किन राजीनामा नदिनुभएको ?’


ADVERTISEMENT

# # #


साथै उनले एमसीसीबारे समर्थन गरेका अर्थमन्त्रीलाई एमसीसीकै आशीर्वादमा विदेशीले लिम्पियाधुरा अतिक्रमण गरेको, लिपु भञ्ज्याङमा सडक बनाएको कसरी थाहा भएन भन्दै प्रश्न गरे । उनले भने, ‘के राणा शासनले आफ्नो सत्ता जोगाउन सन् १९४७ मा गोरखा भर्तीकेन्द्र सम्बन्धी नेपाल, भारत र बेलायतबीच त्रिदेशीय सम्झौता गरेजस्तै वर्तमान सरकार टिकाउन एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउनै पर्ने हो ?’

जवाफमा अर्थमन्त्री खतिवडाले त्यसलाई रमाईलो प्रश्नको संज्ञा दिँदै विनियोजन विधेयक र अर्थ विधेयकमा संसदमा विधेयक प्रस्तुत गर्दै मन्त्रीहरुले राजीनामा दिने हो भने कुनै मन्त्रीले पनि बजेट पास गर्नै नपाउने बताए ।

सांसद सुवालको अभिप्राय नबुझेको बताउँदै उनले भने, ‘सरकारको प्रस्ताव हुन्छ यो सबै । यो विषयमा अहिले नै यसरी प्रवेश गर्ने हो भने हामी संसदमा विचाराधीन रहेको विषयमा पूर्व निर्णय गर्दैछौँ ।’

उनले त्यस्तो नगर्न सांसदलाई आग्रह समेत गरे ।