काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा नेपालको अन्तरराष्ट्रिय सीमासहितको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफलको कार्यसूची राखिएको छ ।


ADVERTISEMENT


सरकारले यही जेठ ७ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि सोहीअनुसार नक्शा र निशान छापलाई संविधानको अङ्ग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट शीर्षकमा मन्त्रालयगत छलफल सकिएपछि संविधान संशोधन विधेयकमाथिको छलफल कार्यसूचीमा राखिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् ।

यही जेठ ९ गते सङ्घीय संसद् सचिवालयमा दर्ता भएको सो विधेयक जेठ १९ गते सदनमा पेश भएको थियो ।