काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल हुन सक्ने बताएका छन् । तालमेलका लागि सबै दलहरुसँग बराबर सम्भावना रहेको भन्दै उनले एमालेसँग पनि तालमेल हुनसक्ने बताए ।


ADVERTISEMENT


बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता रायमाझीले भने, ‘हामी सबै दलसँग चुनावी तालमेल वा सहकार्य गर्न तयार छौं । सबै पार्टी हाम्रो लागि प्राथमिकतामा छन्, एमालेसँग पनि संभावना छ ।’


ADVERTISEMENT

# # #


उनले तालमेलको विषयमा छलफल गरेर छिट्टै टुंगोमा पुग्ने बताए । सहमति नभए माओवादी केन्द्र एक्लै पनि चुनाव लड्ने उनले स्पष्ट पारे । २ नम्बर प्रदेशको चुनावमा माओवादी केन्द्रले पहिलो स्थान हासिल गर्ने दाबीसमेत नेता रायमाझीले गरे ।

‘माओवादीले जहिल्यै पनि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको छ, मधेशी, आदिवासी, जनजाति, थारु, महिला सबैको अधिकारको लागि अन्तिम समयसम्म पनि लड्ने पार्टी माओवादी हो,’ उनले भने, ‘त्यसैले मधेशमा माओवादी केन्द्र प्रवेश गर्नेको लहर चलेको छ ।’