काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि नेपालमा १० अर्ब खर्च भइसकेको भन्ने विषयमा प्रश्न उठिहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले त्यसबारे स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा मन्त्रालयबारे उठेका प्रश्नको जवाफमा मन्त्री ढकालले २ अर्ब ७६ करोड रकम स्थानीय तहबाट खर्च भएको बताए । यो हिसाब ७५३ मध्ये ६४१ वटा पालिकाको मात्रै रहेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


यस्तै प्रदेशको तर्फबाट जम्मा १ अर्ब ८ करोड र संघको तर्फबाट ६०३ करोड खर्च भएको उनले बताए ।  स्वास्थ मन्त्रालयको खर्च अन्तर्गत २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैयाँ स्वास्थ्य साम्रगीको खरिदमा खर्च भएको उनले बताए । सबै खर्च राज्यकै निकायबाट भएको हुनाले पारदर्शी रहेको मन्त्री ढकालको दाबी छ ।

त्यसकारण यी विषयहरुलाई हेर्ने हो भने अहिलेसम्म के देखिन्छ भने २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य सामग्री किन्नेतर्फ खर्च भएको छ । यी सबै कुराहरु एउटा राज्यको निकायबाट भएको हुनाले पारदर्शी छन् ।

यस्तो छ संसदमा मन्त्री ढकालले प्रस्तुत गरेको हिसाब

मूलभूत रुपमा उठेको प्रश्नमध्ये एउटा १० अर्ब खर्च हुँदाखेरि त्यो कहाँबाट, कसरी खर्च भयो भन्ने माननीयज्यूहरुको जिज्ञाशालाई म के आग्रह गर्न चाहन्छु भने अहिलेसम्म भएको खर्चमध्ये २ अर्ब ७६ करोड रकम स्थानीय तहबाट खर्च भएको छ । यो ६४१ वटा पालिकाको मात्रै यहाँ समावेश भएको छ । यो ७५३ मा पुग्न अझै बाँकी छ । क्वारेन्टिन बनाउनेदेखि आन्तरिक व्यवस्थापनमा पनि यो खर्च भएको छ ।

प्रदेशको तर्फबाट जम्मा १ अर्ब ८ करोड खर्च भएको छ । संघको तर्फबाट ६०३ करोड खर्च भएको छ ।  यो ६ अर्ब ३ करोडमध्येबाट पनि कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), स्वास्थ्य मन्त्रालय र यो विषयसंग सम्बन्धित अन्य कामहरु पनि यो सँग जोडिएर आएका छन् ।
जस्तो वीरगञ्जमा एउटामा संक्रमण देखियो भने त्यसको कन्ट्रयाक्ट ट्रेसिङमा जानु पर्‍यो भने त्यसका लागि जाने व्यक्तिहरु, सुरक्षाकर्मीहरु र त्यो कार्यमा संलग्न सबैको खर्च पनि यसमा जोडिएर आउने भयो । 

त्यसकारण यी विषयहरुलाई हेर्ने हो भने अहिलेसम्म के देखिन्छ भने २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य सामग्री किन्नेतर्फ खर्च भएको छ । यी सबै कुराहरु एउटा राज्यको निकायबाट भएको हुनाले पारदर्शी छन् । यी कुराहरु जतिखेर, जुनसुकै अवस्थामा पनि विधि पुर्‍याएर हेर्न सकिने व्यहोरा म माननीयहरुसँग नम्रतापूर्वक निवेदन गर्न चाहन्छु ।