धनगढी- सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका क्वारेन्टिनमा बसेकाहरुमा कडा खालको पी फाल्सिपाराम औलो देखिएको छ । कोरोना भाइरसको संक्रमणसँगै भारतबाट औंलो भित्रिएकाले समुदायमा फैलिन सक्ने खतरा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT


निर्देशनालयले क्वारेन्टिनमा रहेका ब्यक्तिहरुलाई ज्वरो आएको खण्डमा कोरोनासँगै औलोको लागि आरडीटी परीक्षण गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । निर्देशक डा. गुणराज अवस्थीले भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरुमा कडा खाले औलो देखिएकाले समुदायस्तर सम्म फैलिनबाट रोक्न ज्वरो आएकालाई आजबाट औलोको परीक्षण अनिवार्य गरेको बताउनुभयो ।


ADVERTISEMENT

# # #