काठमाडौँ – कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।


ADVERTISEMENT


जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २ जना महिला र ५२ जना पुरुषमा कोरोना देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसार प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५१ जनाको पोजेटिभ आएको छ । जसमध्ये सल्यानको वनगाढ कुपिण्डे नगरपालिकाका १६ वर्षीय एक बालिका र १७ देखि ६० वर्षसम्मका २१ जना पुरुष गरी २२ जना रहेका छन् । यस्तै सल्यानकै बेलखोला–१ का २२ देखि २५ वर्षीय ३ जना पुरुष, कुमाख गाउँपालिकाका २२ र ४४ वर्षीय २ जना पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

यस्तै सुर्खेतमै गरिएको परीक्षणमा सुर्खेतको बराहताल गाउँपालिकाका १९ र ३३ वर्षीय २ जना पुरुष, भेरिगंगा गाउँपालिकाका १९ र २३ वर्षीय २ जना पुरुष, वीरेन्द्रनगर नगरपालिकाका २० र २५ वर्षीय २ जना पुरुष, चौकुने गाउँपालिकाका १९ र ४० वर्षीय २ जना पुरुष, लेकवेशी नगरपालिकाका १४ वर्षीय बालकदेखि ३३ वर्षसम्मका ६ जना पुरुषमा पनि कोरोना देखिएको छ । यस्तै यस्तै सुर्खेतकै पञ्चपुरी नगरपालिकाका १८ देखि ३१ वर्षसम्मका ५ जना पुरुष र ३ वर्षीय बालिकासहित ६ जना रहेका छन् ।

यस्तै दैलेखको भैरवी गाउँपालिकाका १७ र ३५ वर्षीय २ जना पुरुष, चामुण्डा विन्द्रासैनी नगरपालिकाका ११ वर्षीय १ जना बालकमा पनि कोरोना देखिएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये खाडाचक्र नगरपालिकाका २४ र ३० वर्षीय २ जना पुरुष र महावै गाउँपालिकाका ५६ वर्षका एक जना पुरुष रहेका छन् ।

यसरी कर्णालीमा कुल संक्रमितको संख्या ६४१ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ ७ जना उपचार पनि निको भएर घर फर्र्किएका छन् ।