काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक गीति एल्वम सार्वजनिक भएको छ । शनिवार नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा बढी सडक मानवहरुलाई खाना खुवाउँदै उनीहरुको हातबाट नै एल्बम सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री ओली गीतकार रहेको उक्त एल्वममा कुल ५ वटा गीतहरु संग्रहित रहेका छन् । एल्बमलाई राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलेको संयोजनमा तयार पारिएको हो । एल्बमलाई एक पुरुष र एक महिला सडक मानवलाई नै प्रमुख अतिथि बनाएर उनीहरुको हातबाट एल्वम सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT

# # #


गिती संग्रहमा ५ वटा गीतहरु समावेश रहेका छन् । जसमध्ये ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिँदैन प्रवास’लाई प्रधानमन्त्री केपी ओलीले रचना गरेका छन् भने शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् । ‘हेर हाम्रो हिमाल हाँसेको’, ‘हेर्न खोज्यौँ सुखी, खुसी जनता’ नाँचको रमेशकुमार पौडेलले रचना गरेका छन् भने बद्री पंगेनी र मेलिना राईले आवाज दिएका छन् ।

त्यसैगरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोलको गीतमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिएका छन् । ‘मुर्झिएका सपनाहरु बिउँझायौ तिमीले’लाई रमेशकुमार पौडेलले रचना गरेका छन् भने भने राजेश पायल राईले आवाज दिएका छन् । त्यसैगरी ‘पूर्व–पश्चिम सीमातिर दुश्मनले नजर लगायो’ बोलको गीतमा विपिन किरणको रचना बद्री पंगेनी र मेलीना राईको आवाज रहको छ ।

किरण क्रियसनले बजार व्यवस्थापन गरको गीति संग्रहमा संगीत संयोजन आमोश तामाङ रहको छ भने सम्पुर्ण गीतमा प्राज्ञ शान्तिराम राईले संगीत भरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिएको अडान र ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनको लागि गरेका पहलकदमीलाई जनतामाझ लैजानको लागि गीति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले जानकारी दिएका छन् ।