काठमाडौ । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष तथा नेपाली काग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार कोरोनाबाट आम नागरिकलाई जोगाउने भन्दा आफ्नो सत्ता कसरी जोगाउने भन्नेमा लागेको बताएका छन् । हिमालयपोष्टसंगको कुराकानीमा महरले भने प्रधानमन्त्री ओलीलाई सत्ता जोगाउने र संकटका बेलामा राज्यको ढुकुटीमा ब्रह्लुट मच्चाउने भन्दा अरु कुनै चिन्ता नभएको बताए । संकटका बेलामा लुट मच्चाउनका लागि सरकारले नेपाली सेनालाई प्रयोग गरेको आरोप लगाए । उनले भने लकडाउनको समय मात्र थपेर कोरोना नियन्त्रण भन्दा पनि गरिब जनतालाई कोठामा थुनेर मारेको बताए। यो सरकारले जनतालाई कोठामा थुनेर राज्यको ढुकुटीलाई दोहन गरिरहेको बताए । अब लकडाउनको स्वरुप (मोडालिटी) बदल्नु पर्न बेला भईसकेको छ, यसमा पनि सरकारको ध्यान जाहोस् ।


ADVERTISEMENT