विराटनगर – बन्दाबन्दीको कारण जनजीवनमा पर्न गएको असरलाई सहज बनाउन विराटनगर महानगरपालिका क्षेत्रभित्रका बजार चार घण्टा खुल्नाले उपभोक्ता एवं व्यवसायी खुशी भएका छन् ।


ADVERTISEMENT


सबै क्रियाकलाप बन्द भए पनि गरीब, विपन्न, मजदूर र असहाय मानिस बन्दाबन्दीको गम्भीर असर खेप्नुपरेको थियो । यो अवस्थालाई सहज बनाउन स्थानीय तहले राहत वितरण पनि गरेको थियो । एक परिवारमा करिव १३ केजी चामल, दाल, नुन, तेल, साबुन सहित अन्य सामग्री वितरण गर्दा विराटनगर महानगरपालिकामा करीब ३० हजार परिवारले राहत पाएका छन् । यो राहत वितरण गर्न प्रदेश सरकारले रु २० लाख सहयोग गरेको थियो ।


ADVERTISEMENT

# # #


तीस हजार परिवारलाई राहत वितरण गर्न महानगरपालिकाले लगभग रु दुई करोड ५० लाख भन्दा बढी खर्च गरेको छ । यसमा केही सामाजिम सङ्घसंस्था र उद्योगीले पनि सहयोग गरेको पाइएको छ । मोरङमा लगभग ८० हजार परिवार भन्दा बढीमा राहत वितरण गरिएको छ । राहत वितरण गर्न प्रदेश सरकारले महानगरपालिकालाई रु २० लाख, उपमहानगरपालिकालाई रु १५ लाख, नगरपालिकालाई रु १० लाख र गाउँपालिकालाई रु पाँच लाख सहयोग प्रदान गरेको छ ।

रोजगार न खुल्ने, व्यापार व्यवसाय सञ्चालन नहुने हो भने सरकार वा स्थानीय तहले पुनः राहत वितरण गर्नुपर्ने अवस्था सिर्जना हुने भएबाट अर्थतन्त्र मात्र होइन विकासनिर्माणमा पनि ठूलो धक्का लाग्ने बुद्धिजीवीको भनाइ रहिआएको थियो ।

मोरङको सबै भन्दा पुरानो व्यापारिक संस्था मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजार आंशिक रुपमा खुल्नाले आफूहरुको भावनाको कदर भएको पाइएको बताए।

महानगरपालिकाले आजदेखि चार घण्टा बजार खुल्ने निर्णय कोरोना उपचार, रोकथाम एवं नियन्त्रण गर्न सरकारले बनाएको उच्चस्तरीय समितिअनुसार नभए पनि आपसी सझदारीले मात्र गरेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

मुबारक फलफूलको पसल सञ्चालक नाजो मियाँले अहिले पसल सञ्चालन गर्न केही समय पाएपछि आफ्नो रोजगारी पनि चल्ने र घरधनीलाई भाडा तिर्न पनि सजिलो हुने प्रतिक्रिया दिए । सोही स्थानमा चिया पसल गर्ने दिनेश साहले अहिले दिनको करीब रु एक हजारभन्दा बढीको चिया र नास्ता बिक्री गर्ने गरेको जानकारी दिनुभयो । विराटनगर रोडशेष नजिकै रहेका युनिक मोटरसाइकल ग्यारेजका सञ्चालक तनवीर हुसेनले आजदेखि चार घण्टा बजार खुल्ने सूचनाले थोरै समय काम गर्न पाएको र यसबाट ग्यारेजमा काम गर्ने कामदारलाई जीविकोपार्जन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । रासस