काठमाडौँ – नेपालमा थप ३ जिल्लामा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार प्रदेश १ का  ताप्लेजुङ, पाँचथर र तेह्रथुममा पहिलो पटक कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ताप्लेजुङको शान्ति गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ४० वर्षसम्मका ३ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पाँचथरको हिलेहाङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षीय एक जना पुरुषमा पनि कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै मोरङको विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा तेह्रथुमको आठराई गाउँपालिकाको क्वारेन्टिनमा रहेकी २० वर्षीय महिलामा पनि कोरोना देखिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

६४ जिल्लामा फैलियो संक्रमण

तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा पहिलो पटक पुष्टि भएसँगैभएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं. १ का १२ जिल्लामा कोरोना संक्रमण कोरोना फैलिएको छ । यस्तै प्रदेश नं. २ का सबै (८) जिल्ला, बाग्मती प्रदेशका १२ जिल्ला, गण्डकी प्रदेशका ७ जिल्ला, प्रदेश नं. ५ का, कर्णाली प्रदेश ५ जिल्लामा  र सुदूरपश्चिम प्रदेशका सबै (९) जिल्लामा संक्रमित रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । आजै थप २०१ जनामा कोरोना देखिएको छ । कुल संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ । बुधबार मात्रै कोरोना संक्रमित दोलखाका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।