काठमाडौँ – नेपालमा थप २०१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १७८ पुरुष र २२ महिला गरी २०१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  रुपन्देहीमा गरिएको परीक्षणमा ९५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये कपिलवस्तुको मायादेवी र शुद्धोभन गाउँपालिकाको क्वारेन्टिनमा रहेका ११ देखि ३७ वर्षसम्मका १० जना महिला र १ वर्षका बालकदेखि ८० वर्षका ५७ जना पुरुष गरी ६७ जना रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै पाल्लाका २८ वर्षय महिला र २३ वर्षीय पुरुष, रुपन्देहीको बोद्ध विश्वविद्यालय, रोहिणीहवा र मर्चवा आर्दश माविको क्वारेन्टिनमा रहेका ४० वर्षीय महिला र १३ वर्षका बालकदेखि ५७ वर्षका पुरुष गरी २५ जना महिला गरी २६ जना रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै महोत्तरी मटिहानी नगरपालिकाका ४० वर्षीया महिलासहित १५ देखि ३६ वर्षका पुरुष रहेका छन् । यस्तै प्रादेशिक प्रयोगशाला विराटनरगमा गरिएको परीक्षणमा धनकुटाको सहिदभूमि गाउँपालिकाका २७ वर्षीय पुरुष रहेका छन् ।

यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये सप्तरीका ४० वर्षीय १ जना पुरुष, ताप्लेजुङको शान्ति गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ४० वर्षसम्मका ३ जना पुरुष, झापाको बुद्ध शान्ति क्वारेन्टाइनमा रहेका १ जना पुरुष रहेका छन् । यस्तै पाँचथरको हिलेहाङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षीय एक जना पुरुष, सुनसरीको भोक्राहा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ३६ वर्षीय ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको पोजेटिभ आएको छ । उनीहरु पर्साको बिन्दावासिनी, कालिकामाई, सखुवा पर्सौनीको क्वारेन्टाइनमा रहेका १६ देखि ४९ वर्षका सबै पुरुष रहेका छन् ।

यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ देखिएको छ । उनीहरुमध्ये दैलेखको नौमुलेका २४ वर्षीय एक पुरुष, सल्यानको कुमाख गाउँपालिकाका १९ र २४ वर्षीय २ जना पुरुष रहेका छन् । यस्तै मोरङको विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये मोरङको रंगेली नगरपालिकाको क्वारेन्टाइनमा रहेका २६ र ३६ वर्षीय २ जना पुरुष रहेका छन् । यस्तै झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १८ वर्षीय १ जना पुरुष, तेह्रथुमको आठराई गाउँपालिकाको क्वारेन्टिनमा रहेकी २० वर्षीय महिला, सुनसरी बराहक्षेत्र क्वारेन्टिनमा रहेका २९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । जसमा उनीहरु कैलालीको गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिकाको क्वारेन्टिनमा रहेका २० देखि ५१ वर्षका पुरुष रहेका छन् । यस्तै डोटीको पूर्वीचौकी गाउँपालिकाको क्वारेन्टिनमा रहेका २२ र २५ वर्षीय २ जना पुरुष रहेका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १३ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखको दुल्लु र नारायण नगरपालिकाका ६ जना १७ देखि ३० वर्षीय पुरुष रहेका छन् । यस्तै महावी नगरपालिका पलाँताका २० वर्षीय महिला र ४ वर्षीय बालकदेखि ४२ वर्षका पुरुष गरी ७ जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु दाङको बंगलाचुली र राजपुर गाउँपालिकाका ९ र २७ वर्षीय २ जना महिला र १७ देखि २२ वर्षसम्मका ३ जन पुरुष गरी ५ जना रहेका छन् । यस्तै प्यूठान मन्दावीका २० र २३ वर्षीय २ जना पुरुषको पनि पोजेटिभ आएको छ । यस्तै सल्यान कपुरकोट गाउँपालिकाका २९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा पोजेटिभ देखिएको छ । उनीहरुमध्ये धनुषाका १ जना, कपिलवस्तुका २ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका ३ जना, नवलपरासी पश्चिमका ८ जना, रौतहटका ११ जना रहेका छन् । यस्तै रुपन्देहीको मायादेवीका एक जना पुरुष, सर्लाहीका एक बालिका र १४ जना पुरुष र सिन्धुपाल्चोकका २३ वर्षीय पुरुष रहेका छन् ।

यससंगै नेपालमा अद्यावधिक विवरण अनुसार कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । जसमध्ये ९ जनाको मृत्यु भएको छ भने २७८ उपचारपछि निको भएर घर फर्किएका छन् । दोलखाका ७६ वर्षीय कोरोना संक्रमित वृद्धको आज मात्रै निधन भएको थियो ।