काठमाडौँ – नेपालमा एकैदिन थप १६६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार (आज) थप १६२ पुरुष र ४ महिला गरी १६६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ३ जनाको रिर्पोट पोजेटिभ आएको छ । जसमध्ये तनहुँ रिसिङ्गका १ जना २८ वर्षीय पुरुष रहेका छन् भने स्याङ्गजा गल्याङका २७ र ४० वर्षीय २ जना पुरुष रहेका छन् ।

यस्तै पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । उनीहरु पर्साको पटेर्वा सुगौली गाउँपालिकाका २२ देखि ३७ वर्ष उमेरका पुरुषहरु रहेका छन् । उनीहरु हाल स्थानीय क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै जुम्लास्थित कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुमध्ये १३ जना कालिकोट शुभकालीका गाउँपालिकाका १९ देखि ५२ वर्षसम्मका पुरुषहरु रहेका छन् । यस्तै कालिकोटकै महावै गाउँपालिकाका २० देखि ४२ वर्षसम्मका ५ जना पुरुष रहेका छन् । यस्तै दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय १ जना पुरुष रहेका छन् भने दैलेखकै नारायण नगरपालिकाका १६ देखि ४८ वर्षसम्मका ९ जना पुरुष रहेका छन् । यस्तै दैलेखकै सिम्दाका २६ वर्षीय १ जना पुरुष रहेका छन् भने देवकानका १८ देखि २२ वर्षसम्मका ५ जना र दैलेखकै रातापानीका ३८ वर्षीय पुरुष, सादुका २२ वर्षीय १ जना पुरुष रहेका छन् । यस्तै बाजुरा जगन्नाथका ४० वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक अस्पताल सुर्खेत र पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २६ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये सल्यान कुपिण्डेका ११ देखि ६० वर्षका २५ जना पुरुष र सुर्खेत बराहतालका ४ महिनाकी बालिका रहेका छन् ।

काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तु शिवराजका ३२ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस्तै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये बाँकेको नरैनापुरका २१ र २५ वर्षीय २ जना पुरुष, खजुराका ३० वर्षीय १ जना पुरुष, नेपालगञ्जका १६ देखि ४२ वर्षका ४ जना पुरुष र बैजीनाथका ३५ वर्षीय एक जना पुरुष रहेका छन् ।

यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै सप्तरी राजगढका १७ देखि ४५ वर्ष उमेरका पुरुषहरु रहेका छन् । यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये कैलाली भजनीका १ जना २३ वर्षीय पुरुष, जानकी गाउँपालिकाका ३४ वर्षीय पुरुष, त्रिनगर क्वारेन्टाइनमा रहेका ४७ वर्षीय परुष, बाजुराको जिल्ला अस्पतालमा रहेका २ वर्षीया बालिका र २३ वर्षीय महिला रहेका छन् ।

यस्तै मोरङको कोशी अस्तालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । झापा गौरीगञ्जका २३ देखि ३९ वर्षीय ४ जना पुरुष र मोरङ विराटनगरका १ जना ४५ वर्षीय महिला रहेका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये धनुषाको मुखियापट्टी क्वारेन्टाइनमा रहेका १९ देखि ४६ वर्षका २१ जना पुरुष रहेका छन् । यस्तै कपिलवस्तु महाराजगञ्जका ४ जना २५ देखि ४१ वर्षीय पुरुष रहेका छन् । यस्तै रौतहटको क्वारेन्टाइनमा रहेका २९ जना छन् । जसमा ४, ९ र १२ वर्षका बालकदेखि ५२ वर्षका पुरुष रहेका छन् । यस्तै सर्लाहीका १० जना रहेका छन् । एकजना १ वर्षका बालकसहित १५ देखि ५० वर्षका पुरुष रहेका छन् ।

यससंगै नेपालमा संक्रमितको संख्या १५६७ पुगेको छ । कुल संक्रमितमध्ये ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुष, दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीयले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यस्तै गयराती बाजुराको क्वारेन्टाइनमा मृत्यु भएकी २ वर्षीया बालिकाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।