– श्रीजना नेपाल (सुबेदी)


ADVERTISEMENT


भाग दौड अनि ब्यस्तताको समय
अहिले मौन बसेको छ।
टिक टिक गर्दै हिंड्ने यी समयका सुईहरु
पनि मौन भयका छन्।
समयको सुईले मानीसलाई
आफ्नो चालले नचाउन्थ्यो।
तर उ नै मौन बसेको छ।


ADVERTISEMENT

# # #


सुर्योदय पछी दिनभरीको उज्यालो समय उस्तै लाग्छ।
सुर्यास्त पछी कालो रातको अँध्यारो समय उस्तै लाग्छ।
यो समयको सुई किन यसरी मौन बस्दै छ।
दिन बिते हप्ता बिते महिनौ बिते
के बार कति बजे कुन दिन पत्तै भयन।
समयको सुई मौन बसिरहेको छ।
धन्न हाम्रा पुर्खाले सुतेर उठे पछी र
सुत्ने बेलामा
खानुपर्छभनी सिकाय छन।

समयको सुई सङै नाच्ने बानी परेका हामी
बिहान बेलुका पनी मौन हुन्थ्यौ होला।।
न आफन्तजन न साथीभाई
न कतै भेटघाट
हामी मनुस्य पनि यो सुई जस्तै मौन छौ।
मनभरी आशाका भावहरु छल्केका छन् ।
कुनै दिन त
यी समयका सुईहरुले पनि चाल दिनेछन्।
अनि
हामी पनि भागदौडमा ब्यस्त हुनेछौ।।।