एजेन्सी- स्पेनिस ला लिगा फुटबल आगामी जुन ११ बाट पुन: सुरु हुने भएको छ । कोरोना महामारीका कारण स्थगित सिजनको बाँकी खेल सुरु गर्ने मितिसँगै लिग सकिने मिति पनि आयोजकले छिनोफानो गरेको छ । जसअनुसार आगामी जुलाई १९ मा ला लिगा सकिनेछ ।


ADVERTISEMENT


ला लिगा अध्यक्ष जाभियर तेबासले हिजो भएको क्लबहरुसँगको बैठकमा प्रतियोगिता जुन ११ मा सुरु भएर जुलाई १९ मा सकिने जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सेभिया र रियल बेटिस तथा रायो भालेकानो र अल्बासिटबीचको खेलबाट प्रतियोगिता सुरु गरिने बताए ।

अध्यक्ष जाभियर तेबासले हरेक दिनको बिश्रामपछि खेल हुने जानकारी गराएका छन् । स्पेनिस फुटबल महासंघ र ला लिगाबीच सिजनको बाँकी खेलको तालिकामा सहमति जुटेको छ ।

ला लिगमा २७ चरणको खेल सम्पन्न भईसकेका छन् । लिगमा अब १८ चरणका खेल बााकी छन् । बार्सिलोना ५८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । रियल मड्रिड ५६ अंक सहित दोस्रो स्थानमा रहेको छ ।