झापा- रातभर गेट बाहिर राखिएका झापाका २७ जना कोरोना संक्रमितलाई प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार बिहान ९ बजे अस्पतालमा भर्ना गराएका छन् ।


ADVERTISEMENT


मन्त्री घिमिरे धरान पुगेर संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गराएका हुन् । शुक्रबार कोभिड–१९ पुष्टि भएका जिल्लाका २७ जना संक्रमितलाई गएराति ११ बजेतिर धरान पुर्‍याइएको थियो ।


ADVERTISEMENT

# # #


जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ७ पुगेको छ । उनीहरुमध्ये कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो ।  संक्रमित २ जना उपचार पछि घर फर्किएका छन् भने १ सय ५ जना उपचाररत छन् । उनीहरुमध्ये १० जनाको विराटनगर तथा ९५ जनाको धरानस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।