सप्तरी- सप्तरीमा शनिबार एक महिला सहित थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । शनिबार डाकनेश्वरी नगरपालिकाका एक महिला सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या १२ पुगेको छ । शनिबार थपिएका मध्ये सबै जना भारतवाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताउनुभयो । संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको भएपनि जिल्लामा संक्रमितलाई राख्न आईसोलेसन कक्षको भने अभाव छ ।