काठमाडौँ – सरकारले निर्माणधीन २२ सय झुलुङ्गे पुलका लागि ५ अर्ब २ करोड बजेट छुट्याएको छ ।


ADVERTISEMENT


बिहीबार संघीय संसदको संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका अस्थायी साँघुलाई झुलुङ्गे पुल तथा अन्य सुरक्षित संरचनाबाट प्रतिस्थापन गर्न र आवागमन सहज तुल्याउन उक्त रकम विनियोजन गरेको बताए ।


ADVERTISEMENT

# # #


यस्तै सबै स्थानीय तहका प्रशासनिक भवन निर्माणको कार्यलाई निरन्तरता दिइएको उनले बताए । मानव विकास सूचकांकमा पछाडी परेका सीमा क्षेत्रका जिल्लाको आर्थिक, सामाजिक विकास एवम् पूर्वाधार विकासक गर्न तराई-मधेश समृद्धि कार्यक्रममा १ अर्ब ५० करोड बजेट छुट्याइएको अर्थमन्त्री खतिवडाले बताए ।

हिमाली तथा उच्च पहाडी जिल्लामा उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रमलाई विस्तार गरी कार्यान्वयन गर्न २ अर्ब बजेट विनियोजन गरिएको उनले बताए । प्रदेश तथा स्थानीय तह शासकीय सहयोग कार्यक्रम सञ्चालन गरी स्थानीय नेतृत्व विकास, संस्थागत क्षमता सुदृढिकरण र प्रणाली सुधारका लागि ३ अर्ब २० करोड विनियोजन गरिएको उनले बताए ।