काठमाडौँ – स्याङ्गजा, अर्घाखाँची र जुम्ला जिल्लामा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पोखरामा गरिएको परीक्षणमा स्याङ्गजा वालिङ–७ का २० र २९ वर्षीय दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


यस्तै जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय २ जना पुरुष मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT

# # #


रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाका १९ र ४३ वर्षीय दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

४६ जिल्लामा फैलियो कोरोना

यससँगै कोरोना देशका सातवटै प्रदेशका ४६ जिल्लामा फैलिएको छ । देशका ७७ मध्ये ४६ जिल्लामा कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम संक्रमित छन् ।

प्रदेश नं.१ का ७ जिल्लामा संक्रमण फैलिँदा ८६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८ वटै) जिल्लाका २६८ जना (एकको मृत्यु), बाग्मती प्रदेशका ११ जिल्लामा ३८ जना (एकको मृत्यु), गण्डकी प्रदेशका ४ जिल्लामा ७ जना, प्रदेश नं. ५ का ८ जिल्लामा ३३१ जना (दुईको मृत्यु), कर्णाली प्रदेश ३ जिल्लामा २५ जना र सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा १७ जना संक्रमित रहेका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ९० जनामा जनामा कोरोना देखिएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । जसमध्ये ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा र गुल्मीका ४१ वर्षीय पुरुष र बाराका ७० वर्षीय पुरुष रहेका छन् ।

१५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।